नेकपा एकीकृत समाजवादी छत्रेश्वरी गाउँपालिका – ५ को अध्यक्षमा पुन

सल्यान ९, असोज ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ मा वडा कमिटी गठन गरिएको छ । हालै सम्पन्न भेलाले याम बहादुर पुनको अध्यक्षतामा ५३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा पेशली बुढा, सचिबमा केशर केसी र उपसचिवमा दिपक केसी रहनु भएको छ ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य हरी केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी ३ का वडाअध्यक्ष राज बहादुर बुढाथोकी, छत्रेश्वरी गाउ कमिटी अध्यक्ष गोबिन्द केसी लगातकाले बोल्नुभएको थियो ।


पार्टीका जिल्ला कमिटी सदस्य तथा छत्रेश्वरी ५ का वडाअध्यक्ष लिलाधर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा अनेमा संघका जिल्ला अध्यक्ष बुद्वा केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यसैबीच भेलाले तुलसीराम केसीको अध्यक्षतामा २५ सदस्यीय युवा संघ वडा कमिटी घोषणा गरिएको छ । जसको उपाध्यक्षमा टेक बहादुर नेपाली, सचिवमा बिबेक डाँगी र उपसचिवमा किरण घर्ती रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित