भाइरल ज्वरोका बिरामी बढे

दुर्गा बिसी,
सल्यान १०, असोज ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका ५ की यशोदा विष्टलाई लगातार एक हप्ता सम्म रुघाखोकी सहित ज्वरो आयो । आफुलाई गाह्रो भएको महशुस भएपछि उहाँले स्थानिय मेडिकलबाट औषधि किनेर खान थाल्नुभयो । तर सन्चो नभएपछि उहाँलाई उपचारको लागि सुर्खेत लगियो । त्यहाँ परिक्षण गर्दा उहाँमा कोरोना भेटियो ।

यस्तै सोही नगरको वडा नम्बर ६ का मानसिंह कामी दुई दिनसम्म ज्वरो आएपछि कोरोना भएको आशंकामा स्वास्थ्य चौकी देवस्थलमा चेकजाँच गराउनुभयो । तर कोरोना पुष्टि नभएपछि चिकित्सकले सिजनल फ्लु भन्दै सामान्य औषधि दिएर फर्काए । अहिले सल्यानका ग्रामिण भेगहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु भेटिन थालेका छन् ।

मौसम परिर्वतनको समय भएकाले स्वास्थ्य संस्थामा यस्ता खालका बिरामीहरु धेरै आउने गरेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । केही सातायता भाइरल ज्वरो र रुघाखोकीले बालबालिका र बृद्धबृद्धालाई सताइरहेको छ । बालबालिका र किशोरकिशोरी ज्वरोले थलिएपछि यहाँका स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको छ । स्वास्थ्य चौकीहरुमा बिरामी ५० प्रतिशत बढी भाइरलका बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित