साना किसान कृषि सहकारी संस्थाहरूको बार्षिक प्रगति समिक्षा गोष्ठि सम्पन्न

जीत प्रसाद आचार्य,
सल्यान ११, असोज ।
सल्यान जिल्लामा रहेका साना किसान कृषि सहकारी संस्थाहरूको बार्षिक प्रगति समिक्षा गोष्ठि सम्पन्न भएको छ । साना किसान विकास लघु वित्त वित्तीय संस्था लिमिटेड ईलाका कार्यालय बिरेन्दनगर सुर्खेतको आयोजनामा जिल्लामा रहेका साना किसान कृषि सहकारी संस्थाहरूको आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रगति समिक्षा गोष्ठि श्रीनगरमा सम्पन्न भएको हो ।

ईलाका कार्यालय सुर्खेतका प्रबन्धक राजेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटका बरिष्ठ प्रबन्धक तिर्थ राज शर्माको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन ईलाका कार्यालयका सहायक बिजय रेस्मी मगरले गर्नु भएको थियो भने संस्थागत सहजिकरण कपुरकोट साना किसान कुषि सहकारी संस्था लिमिटेड कपुरकोटका संस्था प्रबन्धक जित प्रसाद आचार्यले गर्नु भएको थियोे । सल्यान जिल्लामा १९ वटा साना किसान कृषि सहकारी संस्था हरू रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस