रेडक्रसद्वारा स्वास्थ्य चौकी मुलखोलालाई स्वास्थ्य सामग्री हस्तान्तरण


दुर्गा विसी,
सल्यान ११, असोज ।
सल्यानको एक स्वास्थ्य चौकीलाई रेडक्रसले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ चौकी मुलखोला लाइ नेपाल रेडक्रस सोशाइटी सल्यानले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र केसीलाई रेडक्रसका देवस्थल शाखा सभापति पुष्कर विसीले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
जसमा फेसिल १० थान, प्लाष्टिक कुर्सी ४ थान, प्लाष्टिक वाल्टिन ४ थान, फिल्टर १ थान, डष्विन १ थान, हातधुने सावुन २ दर्जन, सर्जिकल मास्क २ सय पिस, गोल्वस १ सय थान र सेनेटाइजर २ लिटर रहेको छ । कोभिड नियन्त्रण स्वरुप आवश्यक सामग्री प्रदान गरेको शाखा सभापति विसीले बताउनुभयो ।
यहाँको स्थानीय तह, स्वास्थ्य शाखा, वडा कार्यलयहरुमा यस अघि पनि रेडक्रसले भारि सामाग्री सहयोग गर्दै आएको छ । रेडक्रसले महामारीको राम्रो सहयोग गरिरहेको छ । गत वर्ष मात्रै क्वारेन्टाइनमा काउन्सिल तथा ठुलो मात्रामा सामग्री पनि सहयोग गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस