बन्गाडवासीको पिडा : पोल गाडेको ७ वर्षसम्म पनि वत्ती बलेन्

[ स्थानिय तहका जनप्रतिनिधिका कामप्रति स्थानिय रुष्ट ]

दुर्गा विसी,
सल्यान १३, असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाभर बिजुली वत्तिको पहुँच अझै पुग्न सकेको छैन् । नगरको वडा ६ सुनौलिवजार, वडा नं ७ को मैदुपोखरि, ढोरपिपल, ८ को वावियाचौर, र १ को सल्लिवजारमा विद्युत प्राधिकरणले संघको वजेटमा थोरै घरधुरीमा वत्ति पु¥याउने काम गर्याे ।

यता स्थानीय तह भएको र जनप्रतिनिधि आएको ५ वर्ष वित्दै छ तर नगरपालिकाले भने केही स्थानमा पोल र तार टाँग्ने काम गर्याे वत्ति भने वाल्न सकिरहेको छैन । उक्त नगरमा विजुलि वत्तिको पहुँच ५ प्रतिशत घरधुरीमा रहेको तथ्यांक देखिन्छ । नगरले गत आर्थिक वर्षमा नगरका वडाका केही स्थान गर्चे, ज्यामिरे, पानी खोला, ज्यामिरे, गैरिकटेरी, चिसापानी, स्वारा, गिठाचौर, अरेलिचौर, गाइदुवा लगाएका स्थानमा पोलसँगै तार झुन्डयाउने काम गर्याे तर वत्ति भने वाल्न सकेको छैन ।

नगरपालिकाकाको कार्यलयसँगै सटेको वडा तथा टोल माल्पेमा पोल गाडेको ७ वर्ष पुग्यो वत्ति वल्ने छाँटकाँट देखिन्न । चुनावमा वत्तिकै लागि भोट माग्न आउनेलाइ अब लखेट्ने त्यहाँका स्थानीयको भनाइ रहेको छ । गाडेका पोलहरु ढलेका छन् । तार लथालिङ अवस्थामा छ । ट्रान्समिटरबाट लिकुड पग्लेको छ । गाउँलेहरुका अनुसार यो सब ठेकेदारको लापरबाही भएको वताउछन् ।

उक्त क्षेत्रमा वत्तिको काम गर्ने ठेकेदार तथा निर्माण कम्पनीले समयमै राम्रो काम नगरिदिदाँ त्यहाँका स्थानीय रुष्ट वनेका छन् । नगरको कार्यालयसँग सटेको टोल वस्तिको अवस्था यस्तो छ भने अन्यत्रका त कुरा धेरै टाढा भएको स्थानीय पेशप विसीको भनाइ रहेको छ । अर्को तर्फ सुनौलि वजार भन्दा केही किमि अघि च्युरा आसपास क्षेत्रमा समेत गाडेका पोल ढल्न सुरु गरेका छन् ।

तारमा टाँसिएका तार भुइँमा लत्रीएका छन् । निर्माण कम्पनीहरुको गुणस्तरहिन कार्यको अनुगमन तथा कामको मुल्यांकन नगरि वजेट भुक्तानी दिने काम समेत प्राधिकरणले गरिरहेको छ । स्टेमेट अनुसार काम नहुनु, भएको काम टिकाउ नहुनुले भएका कामले प्रष्ट पारेको छ । भुवनौटले समेत पाएक र नजिकै रहेका क्षेत्रमा समेत नगरले वत्तिको पहुँच पु¥याउन नसकेको अर्का स्थानीय कृष्ण विष्टको भनाइ छ ।

जनप्रतिनिधिको कार्यकाल सकिदैछ तर पनि एक घरमा वत्ति नवालेरै जानुले उनिहरुको विकास कति भएछ भनी आफै मुल्यांकन हुने स्थानीय लाभग्राहीहरुको भनाइ रहेको छ । पोल र तार टाँगैकै स्थानमा वत्ति वल्न १० वर्ष कुर्नुपर्ने अवस्था यस नगरमा रहेको छ । जनताले पाउने सेवामूलक कार्य प्रती यहाँका जनप्रतिनिधि विमुख रहेको समेत यहाँका नागरिकको दुखेसो छ । मुख्य सडक, अस्पताल, शिक्षा, खानेपानी, विद्युत लगाएतका मुख्य सवाल भताभुङ अवस्था छन् । यहाँका नागरिकको जनजिविकाका क्षेत्रमा स्थानिय तहका जनप्रतिनिधिले काम नगरेको गुणासो बढेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस