सल्यानको बन्गाडमा तीन महिने सिलाइ वुनाइ तालिम सम्पन्न

दुर्गा विसी,
सल्यान १४, असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा ३ महिने सिलाइ वुनाइ तालिम सम्पन्न भएको छ । नगरको वडा वडा नम्बर ७ ढोरपिपलमा सञ्चालित ३ महिने सिलाइ वुनाइ तालिम आज सम्पन्न भएको हो । अपांगता भएका व्यक्तिहरुका लागि ३ महिने सिलाइ बुनाइ तालिमको समापन गरिएको छ ।

तालिम समापनका अवशरमा बोल्दै नगर उपप्रमुख मञ्जु यरीले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्न सुझाव दिनुभएको छ । साथै सो अबशरमा १० जना प्रशिक्षार्थीलाई सिलाइ वुनाइमा प्रयोग हुने मेसिनहरु समेत हस्तान्तरण गरिएको थियोे । रेरि बाँकेको व्यवस्थापन केसिइ हङकङको आर्थिक सहयोगमा उक्त तालिम आयोजना गरिएको थियोे ।

कार्यक्रममा नगर उपप्रमुख यरी, अपांगता संजाल समिति बनगाड कुपिण्डेका अध्यक्ष जनक सिंह, रेरि बाँकेका अध्यक्ष पुनित बिक्रम शाह लगाएतको सहभागिता रहेको थियो । तालिम निकै उपलब्धिमुलक रहेको सहभागिहरुले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस