सल्यानमा जीपको ठक्करबाट स्कुल जादैँ गरेका ५ जना बिद्यार्थी घाइते : थप उपचारको लागि नेपालगन्ज रिफर

फाइल तस्वीर

सल्यान १५, असोज ।
सल्यानमा जीपको ठक्करबाट स्कुल जादैँ गरेका ५ जना बिद्यार्थी घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ मा रहेको शिबजन माद्यामिक बिद्यालय सितलपाटी आउदै गरेका बिद्यार्थिलाई थारमारेबाट आउदै गरेको लु २ च ५७०१ नम्बरको जिपले ठक्कर दिएको हो ।

दुर्घटना शारदा नगरपालिका २ स्थित राप्ती राजमार्गको बरला नजिकै आज बिहान १० वजे तीर भएको हो । डवल क्याप जीपको ओभर स्पिडका कारण सडकको छेउमा सल्लाको छहारीमा बसेका बिद्यार्थीहरुलाई जीपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परेर शारदा नगरपालिका ६ कि १८ बर्षिय मिना परियार, करिब १८ बर्षकि रेखा बुढाथोकी, १५ बर्षकी सुशिला नेपाली, १८ बर्षकी दिपा बुढाथोकी र बर्ष १८ कै सुनिता नेपाली रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएको बिद्यार्थीहरुलाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस