दुखद खबर : दशैँको मुखमा गाडीको ठक्करबाट दुइ बिद्यार्थीको मृत्यु

आफन्तद्धारा राप्ती लोकमार्ग अवरुद्ध

सल्यान १५, असोज ।
सल्यानमा गाडीले ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । शुक्रवार बिहान जिल्लाको बागचौर देखि खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका वडा नम्बर २ स्थित राप्ती लोकमार्गको बाङ्गेसल्लामा रूखको छहारीमा बसिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएर घाइते मध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो

राप्ती प्रादेशिक अस्पताल दाङ्गमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उनीहरूको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । अन्य तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

जसमा शारदा नगरपालिका ६ कि १८ बर्षिय मिना परियार, १५ बर्षकी सुशिला नेपाली, १८ बर्षकी दिपा बुढाथोकी रहेका छन् । तीव्र गतिका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट करिब १० मिटर तल खसेको छ ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ । गाडीको गति तिव्र भएको र गाडी स्टेरिङ काम नगर्दा दुर्घटना भएको चालकले बताएको प्रहरीको भनाई छ । दशैको मुखमा गाडीको ठक्करबाट दुइ बिद्यार्थीको मृत्यु भएपछि गाउँ नै शोकमा डुवेको छ ।यसैविच बिद्यार्थीका आफन्तहरुले राप्ती लोकमार्ग अवरुद्ध गरेका छन् । दाङ सल्यान रुकुम सडकको बरुला क्षेत्रमा आफन्तहरुले सडक अबरुद्ध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस