दुर्गा विसी,
सल्यान १५, असोज ।
राउटे समुदायका महिला तथा वालवालिकालाइ पोषिलो खानेकुराका स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कुपोषणको कमिबाट वच्नका लागि वालवालिकालाइ पोषिलो खानेकुरा वितरण गरिएको हो । स्वास्थ्य सरसफाइ सम्बन्धि मन्जन, ब्रस, सावुन लगाएतको हाइजनिक किड १ सय ५० जनालाइ, प्लाष्टिक जग, वाल्टिन ५०/५० थान, त्रिपाल ५० थान, चामल, तरकारी, फलफुल र गेडागुडी समेत वितरण गरिएको छ ।
युनिसेफको आर्थिक सहयोग र सिम्ता गाउँपालिकाको पहलमा र राउटे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाललको आयोजनामा बनगाड कुपिण्डे नगरपालिका १ घाटगाउँमा बस्दै आएका राउटे जातिलाइ उक्त सामग्री हस्तान्तरण गरिएको हो । युनिसेफले हाइजनिक, प्लाष्टिक तथा त्रिपालमा दिएको थियोे ।
सामग्री वितरण कार्यक्रम राउटे प्रतिष्ठानका कर्णाली प्रदेश अध्यक्ष कृष्ण वली, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खड्का, योजना आयोगका सदस्य दिपेन्द्र रोका, आयोगकै प्रशासकिय प्रमुख हरिवहादुर खत्री, सिम्ता गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत टोपवहादुर राना, बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुन, युनिसेफका नरविर ऐडि, स्याक नेपालका रेशम चन्द लगाएतको टोलिले राउटे वस्तिमा आज पोषिलो खानेकुरा वितरण गरेको हो ।
प्रतिस्ठानका सचिव रतिमान सिंहले राउटे जातिको उत्थान र संरक्षणमा सबैको सहयोग हुन जरुरी रहेको साथै कुपोषित वालवालिकालाइ पोषिलो खानेकुरा वितरणले केही सहजता दिने बताउनुभयो । राउटे समुदायका ४६ घरधुरीका १ सय ४१ जनालाई पुग्ने खाद्य सामग्री सहित त्रिपाल र पोगिलो खानेकुरा उनिहरुकै वस्तिमा पुगि हस्तान्तरण गरिएको छ । राउटे समुदायका लागि प्रतिष्ठानले उनिहरुको रेखदेख, संरक्षण र पुलको रुपमा भुमिका खेलिरहेको छ ।