शैक्षिक क्षेत्रको सुधारका लागि त्रिपक्षिय सहकार्य हुनुपर्नेमा सरोकारवालाहरुको जोड

सल्यान १६, असोज ।
शैक्षिक क्षेत्रको सुधारको लागि त्रिपक्षिय समन्वय र सहकार्य हुनुपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । इन्सेक सल्यानद्धारा सञ्चालित इएलपि परियोजना अन्र्तगत शिक्षाको अधिकार सम्बन्धि शिक्षक, अभिभावक र विद्यार्थीहरु बिच अन्तरक्रिया कार्यक्रमका सहभागिताहरुले यस्तो बताएका छन् ।

शुक्रवार खलंगामा आयोजित कार्यक्रमका सहभागिहरुले शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका हुन् । उनीहरुले अहिलेको शिक्षा भनेको झिकाउने, टिकाउने र बिकाउने खालको हुनुपर्ने बताएका छन् ।

मानव अधिकार समुहका अध्यक्ष मुना हमालको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले शिक्षा क्षेत्रको समग्र विकासको लागि सबै क्षेत्रसँग समन्वय र सहकार्यक्रम गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले अहिले आमबिद्यार्थीहरुमा पढ्ने वानी हराउदैँ गएको र रचनात्मक हुन नसकेको यसतर्फ सरोकारवाला निकायहरु सचेत हुनुपर्ने बताउनुभयो ।

इएलपि परियोजनाका जिल्ला कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण इन्सेकका जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस