लेखपोखरामा मदन भण्डारी स्मृती पार्क निर्माण [ फोटो फिचर ]

 

सल्यान १६, असोज ।
सल्यानको लेखपोखरामा मदन भण्डारी स्मृती पार्क निर्माण गर्न लागिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखराको दियारगाउँ, लाखुरीबोटमा मदन भण्डारी स्मृती पार्क निर्माण गर्न लागिएको हो । पुराना कम्युनिष्टहरुको गढलाइ बचाइ राख्न र देशको आमुल परिवर्तनको लागि ज्यानको आहुति दिने शहिदहरुको सम्झनामा पार्क निर्माण गर्न लागिएको छ ।

जसअनुसार हालसम्म कम्युनिष्ट पार्टीका प्रखर बक्ता, जननेता मदन भण्डारीको शालिक निर्माण गरिएको छ । सोही स्थानमा नेपालका प्रथम शहिद लखन थापा मगर, चार बिर शहिदहरु गंगालाल, दशरथ, धर्मभक्त र शुक्रराज तथा स्थानिय ३ जना शहिदहरुको शालिक निर्माण गर्न लागिएको हो ।

धार्मिक तथा पर्यटकिय हिसावले अब्बल मानिएको लेखपोखरालाई थप आकृर्षित बनाउन पार्क निर्माण गर्न लागिएको हो । जंगलको विच भागमा पार्क निर्माण लागिएकाले थप आर्कषक रहेको जनाईएको छ । यस पार्क निर्माणको संरचना निर्माणको लागि हाल सम्म २ लाख ८० हजार रुपैँया खर्च भएको वडाअध्यक्ष लिलाधर घर्तीले जानकारी दिनुभयो ।

उहाँले गत बर्षमा मदन भण्डारीको शालिक मात्रै निर्माण गरिएको र यस बर्ष थप संरचनाहरु निर्माण गर्ने योजना रहेको बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस