स्वास्थ्यको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सल्यान १७, असोज ।
स्वास्थ्यको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सल्यानको खलंगामा सम्पन्न भएको छ । इन्सेक नेपालको इएलपी परियोजना अन्तरगत शनिवार शारदा नगरपालिकामा स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सो अबशरमा सहभागिहरुले स्वास्थ्यलाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्ने बताएका छन् । पछिल्लो समयमा स्वास्थ्यकर्मी अभाव, औषधि अभाव, स्वास्थ्य नीति निर्माण नहुनु लगाएतका कारण नागरिकले सास्ती पाउदैँ आएकाले आगामी दिनमा थप सहज हुनुपर्ने बताएका हुन् ।

मानव अधिकार निगरानी समुहका अध्यक्ष मुना हमालको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर वडाले काम गर्दै आएको बताउनुभएको छ । इएलपि परियोजनाका जिल्ला कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण इन्सेकका जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस