कार्यकर्ताहरुको रोजाइ बन्दै नेकपा (एकीकृत समाजवादी)

दुर्गा विसी,
सल्यान १७, असोज ।
सल्यानको पश्चिमी क्षेत्रमा नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा लाग्नेहरुको लर्को बढेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १, ६, र ८ का वडाहरुमा नेकपा एकीकृत समाजवादीको भेलाले त्यसको पुष्टि गर्दछ । भेलामा ठुलो जनमास उर्लिएको छ भने बिभिन्न पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लर्को नै लागेको छ ।

नेकपा एमालेबाट नगर प्रमुख भएपनि आखिर किन एमालेको ठुलो पंक्ति समाजवादीमा ढल्कियो त ? अधिकांशले सोध्ने प्रश्न यहि बनेको छ । सत्ताप्रतिको नागरिकको चरम असन्तुष्टि र पार्टी शुभचिन्तकहरुलाइ सन्तुलनमा राख्न नसकेको कारण नयाँ पार्टी समाजवादी सबैको रोजाइ बनेको छ । नगरले विकास र जागिरमा कसैलाई आखा पाखा लगाएतका थुप्रै गुनासा नागरिक सँग रहेका छन् ।

नगरको वडा नम्बर ८ मा सम्पन्न भेलामा सहभागिहरुले पनि यही गुनासो गरेका छन् । उनीहरुले सबैको प्यारो र साझा पार्टी एकीकृत समाजवादीमा आवद्ध हुन सबैमा आग्रह गरेका छन् । भेलाले मानवहादुर यरीको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी र मनोज वसढाथोकीको अध्यक्षतामा ३४ सदस्य युवा संघ वडा कमिटि गठन गरिएको छ ।

वावियाचौरमा भएको पार्टीको भेलामा पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव रमेश गौतम, प्रदेश कमिटी सदस्य गणेश विसी, टोपवहादुर थापा, जिल्ला कमिटी सदस्य विरेन्द्र वुढा, पुष्कर विसी, नगर कमिटी अध्यक्ष रविराज शर्मा, युवा संघ नेपालका केन्द्रीय सदस्य धिरज रावत, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला कमिटी सदस्य शिखर कुमार यरी, युवा संघ नगर कमिटि उपाध्यक्ष लिलाधर शाही, सचिव प्रसान्त साहुले पार्टीको संसामयिक विषयमा धारणा राख्नुभएको थियो ।

हरिहर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिक्रम वोहराले गर्नुभएको थियो । यस पार्टीले वडा अभियानलाइ तिव्रता दिदैँ सबै वडाहरुमा आफ्नो पकड कायम राख्न निकै सक्रिय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस