खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सल्यानमा सम्पन्न

सल्यान १८, असोज ।
खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सल्यानको खलंगामा सम्पन्न भएको छ । इन्सेक नेपालको इएलपी परियोजना अन्तरगत शारदा नगरपालिकामा खाद्य अधिकार सम्बन्धि शिक्षक, बिद्यार्थी, अभिभावक र सरोकारवालाहरु विचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सहभागिहरुले खाद्यको पहुँच सबै नागरिकहरुसम्म पुग्नुपर्ने बताएका छन् ।
पछिल्लो समय अखाद्य बस्तुहरुको विक्रीवितरणले मानव स्वास्थ्यमा हानी गरेको र यसबाट कयौँ नागरिकहरु प्रभावित भएकाले यसबारेमा सचेत हुनुपर्ने बताएका हुन् । यससँगै खाद्यान्न उत्पादनका कार्यमा जोड दिनुपर्ने, जग्गा प्लाटिङ गरेर घर बनाउने कार्य रोक्नुपर्ने, सबै नागरिकको पहुँच पुग्ने गरेर सुपथ खाद्य पसल सञ्चालन गरिनुपर्नेमा जोड दिएका थिए।
मानव अधिकार निगरानी समुहका अध्यक्ष मुना हमालको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले खाद्यको अधिकारबाट कोही नछुटोस् र भोकै बस्ने अवस्थाको अन्त्यको लागि वडा कार्यालयले काम गरिरहेको बताउनुभयो ।
इएलपि परियोजनाका जिल्ला कार्यक्रम सहजकर्ता रामचन्द्र रेग्मीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण इन्सेकका जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस