नेकपा (एस) निकट नेपाल दलित मुक्ति संगठनको कर्णाली प्रदेश स्तरीय बिस्तारित बैठक सम्पन्न

सल्यान १८, असोज ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको कर्णाली प्रदेश स्तरीय बिस्तारित बैठक सम्पन्न भएको छ । संगठनका कर्णाली प्रदेश अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षता एवम् संगठनकै केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य गणेश बिकको प्रमुख आतिथ्यता र पार्टीका केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य देवी ओलीको बिशेष आतिथ्यतामा सुर्खेतमा बैठक सम्पन्न भएको हो ।


सो अबशरमा बोल्ने बक्ताहरुले पार्टी र संगठनलाई बलियो बनाउदैँ लैजानुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज बसन्त बिश्वकर्मा, नेकपा एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल, संगठनका उपाध्यक्ष बलराम सहनी, केन्द्रिय सचिवद्धय भिउसेन नेपाली र पर्वत सुनार लगाएतकाले बोल्नुभएको थियो ।

सम्पन्न प्रगतिशिल दलित समुदाय एक हौँ भन्ने नाराका साथ सम्पन्न बैठकमा कर्णाली प्रदेशका दश वटै जिल्लाको पार्टी र संगठनको अवस्थाको बारेमा रिपोटिङ गरिएको थियो । यस्तै प्रदेशका सबै जिल्लाहरुमा अध्यक्ष र इन्चार्जको जिम्मेवारी तोकिएको छ । संगठनका उपाध्यक्ष मन बहादुर बिश्वकर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुरज परियारले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस