सल्यान १८, असोज ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले सरकारसँग भएका तीन बुँदे सहमती कार्यन्वयन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाइ सोमबार नेकपा सल्यानले ज्ञापनपत्र पठाएको हो ।
पार्टीका विषेश कमिटी सदस्य लोकपाल केसी र जिल्ला सेक्रेटरी नारायण चन्दको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी लक्षमीदेवी हुमागाइलाइ ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा तीन बुँदे सहमतीमा लेखिएको बन्दीहरुको रिहाइ र मुद्दाहरु खारेजी गर्ने कार्य कार्यन्वयन नभएको भनिएको छ । जिल्ला कारागार सल्यानमा नेकपा सल्यानका जिल्ला कमिटी सदस्य भीम बहादुर रावत र कालीराम बादी रहेका छन् । त्यस्तै सल्यानमा पार्टी प्रतिबन्दको बीचमा नेकपाका ४० जना नेता कार्यकर्ता पक्राउ परेका थिए ।
ज्ञापन पत्र