सल्यानमै पहिलोपटक बागचौर नगरपालिकाद्वारा सहकारी संस्थालाई तालिम प्रदान

सल्यान १९, असोज ।
सल्यानको बागचौर नगरपालिकाले सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरुलाई सात दिने सहकारी लेखापालन तालिम आज देखि बागचौरमा सञ्चालन गरेको छ । तालिमको उदघाट्न कार्यक्रममा बोल्दै नगरप्रमुख लोकमान बुढाथोकीले सहकारी सस्थाहरुलाई कुसल दङ्गले संचालन गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै तालिमको सिकाईलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रको विकासका लागि नगरको तर्फबाट गर्नुपर्ने काम निरन्तर रुपमा गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा बागचौर नगरपालिका भित्रका २९ वटा सहकारी संस्थाका पदाधिकारी र व्यवस्थापक तालिममा सहभागी भएको सहकारी शाखा प्रमुख हेमन्त बस्नेतले बताउनुभएको छ । कार्यक्रममा बागचौर नगरपालिकाका नगरप्रमुख बुढाथोकी, उपप्रमुख कल्पना पुन, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर हमाल, प्रशिक्षकहरु राजु केसी र ललित राजभण्डारी, योजना शाखा प्रमुख पुर्ण बहादुर ओली, सामाजिक शाखा प्रमुख डिल्ली बहादुर घर्ती, सहकारी शाखा प्रमुख हेमन्त बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य पुर्णबहादुर ओलिले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन डिल्ली बहादुर घर्तिले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस