दुर्गा विसी,
सल्यान १९, असोज ।
चाडपर्वको समय आएसँगै सल्यान पश्चिमका विद्यालयहरुमा चाडपर्व बिदाका लागि स्थानीय तहले हाल सम्म पनि केही निर्णय गरेको छैन । तर पनि शाखाहरुले माथिको नितिअनुसार विद्याय बन्द र सञ्चालन हुने जनाएका छन् । ६५ सामुदायिक विद्यालय र ९ संस्थागत गरि ७४ मध्येका केही विद्यालयहरुले ६ दिनमात्र बिदा दिने निर्णय गरेका छन भने कसैले एक महीनासम्मै चाडपर्व बिदा राखेका छन् ।
केही सामुदायिक तथा निजि विद्यालयले दसैँको समयमा घटस्थापनाको दिन (असोज २६) देखि कात्तिक ३१ गतेसम्म बिदा दिने निर्णय गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ शंखपिपलमा रहेको माद्यामिक बिद्यालय च्युराले भने असौज २४ गतेदेखि कात्तिक १ गतेदेखि बिद्यालय बन्द हुने जनाएको छ । उक्त विद्यालयको व्यवस्थापन समिति बैठक वसि उक्त निर्णय गरेको प्रधानाध्यापक गुमान सिहं विष्टले बताउनुभयो ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चक्रबहादुर रावतले भने दशै तिहारको समयमा नेपाल सरकारले दिएको सार्वजनिक बिदा अनुसार हुने बताउनुभयो । ‘आधिकारिक निर्णय त भइसकेको छैन’ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रावतले भन्नुभयो ‘ तर घटस्थापनादेखि असोज ३१ गतेसम्म बिदा दिने गरि छलफल भइरहेको छ ।’
अर्को प्रभाकर मावि देवस्थलले भने चाडपर्व बिदाको विषयमा अझै आधिकारिक निर्णय गरिसकेको छैन तर घटस्थापनादेखि कात्तिक दुई गतेसम्म बिदा दिने मनस्थितिमा रहेको प्रधानाध्यापक शिखर कुमार यरीको भनाइ रहेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बिद्यालयको पठन पाठन प्रभावित हुँदै आएको र चाडपर्वमा लामो बिदा दिए पढाईमा थप बाधा पर्ने भएकोले बिदा घटाउने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखाकि धुर्वा थापाले वताउनुभयो । लामो समयसम्म अवरोध भएको विद्यालयको अध्ययन÷अध्यापनलाई नियमित गर्नका लागि बिदा घटाउनु परेको जनाएको छ ।
उता सुर्खेत सिम्ता गाउँपालिकाले पनि छलफल गरि सूचना जारी गर्ने र फूलपातीको दिनदेखि कात्तिक १ गतेसम्म बिदा दिने निर्णय गरेको गाउँपालिका युवा तथा खेलकुद शाखा प्रमुख वुद्धि गौतमले बताउनुभयो ।
नेपाल सरकारले दसैँको समयमा फूलपातीको दिनदेखि असोज ३० गतेसम्म र तिहारको समयमा लक्ष्मी पूजाको दिन कात्तिक १८ गतेदेखि २१ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने बिद्यालयको हकमा अन्य थप निर्णय गरको देखिदैन । विगतमा अधिकांश विद्यालयहरु घटस्थापनादेखि छठ पर्वसम्म बन्द हुने गरेका थिए ।