शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल गरिवीसँग जोडिएको छ : सरोकारवाला

सल्यान २०, असोज ।
सबै नागरिकहरुको शिक्षा, स्वास्थ्य, खाद्य र आवास क्षेत्रमा अधिकारबाट बञ्चित हुनु गरिवीसँग जोडिएको सरोकारवालाहरुले बताएका छन् । आर्थिक गरिवीका कारण आर्थिक अवस्था कमजोर हुने र यसैको कारण नागरिकहरु शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारबाट बञ्चित हुनु परेको बताएका हुन् ।इन्सेकद्धारा सञ्चालित इएलपि परियोजना अन्र्तगत स्थानिय तहका जनप्रतिनिधि तथा सम्वन्धित सरोकारवालाहरु बिच शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा सल्यानमा खलंगामा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले हरेक क्षेत्रमा सबै नागरिकहरुको पहुँच पुग्ने गरी सरकारले सोच्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नेतले शिक्षा, स्वास्थ्य, खाद्य र आवासलाई प्राथामिकता दिएर नगरपालिकाले काम गरिरहेको बताउनुभएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले संविधानले ग्यारेन्टी गरेको अधिकारबाट नागरिकहरु बञ्चित हुन नहुने बताउनुभयो ।

यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यानमा निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले सल्यान जिल्ला अस्पतालमा देखिएका स्वास्थ्य सम्वन्धिका समस्या समाधानको लागि पहल गरिने बताउनुभयो । यस्तै सल्यान प्रहरी प्रमुख गोबिन्द थापाले हरेक नागरिकको संविधानले दिएको अधिकारी प्राप्तीको लागि सबै क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो ।

मानव अधिकार निगरानी समुहका अध्यक्ष मुना हमालको अध्यक्षता भएको कार्यक्रममा इएलपि परियोजनाका जिल्ला कार्यक्रम सहजकर्ता रामचन्द्र रेग्मीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण इन्सेकका जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस