सल्यान २०, असोज ।
विप्लव नेतृत्वको नेकपा सल्यानले विरोध प्रदर्शन गरेको छ । सरकारसँग भएको तीन बुँदे सहमति कार्यनयन नभएको भन्दै नेकपाले बुधवार सल्यान खलंगामा प्रदर्शन गरेको हो । टुडिखलबाट सुरु भएको र्याली पुरानो बसपार्क हुँदैन कारागार कार्यालय, नेपाल बैंक रोडबाट पुनः पुरानो बसपार्कमा आएर कोणसभामा परिणत भएको थियोे ।
कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेलले सम्बोधन गर्नुभएको थियो । सरकारले गरेको तीन बुँदे सहमति कार्यनयन नगरे अब आफुहरु संघर्षको बाटोमा जाने उहाँले बताउनुभयो ।
संसदीय व्यवस्था असफल भैसकेको बताउँदै उनले अब वैज्ञानिक समाजवाद स्थापनाका लागि आफुहरु जनतामाझ जाने उहाँको भनाइ छ । त्यसको लागि पार्टीले जनमत संग्रहको माग गरेको उहाँले बताउनुुभयो ।