दुर्गा विसी,
सल्यान २२, असोज ।
सल्यानको पश्चिमी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र सल्लीवजारको सरसफाइ गरिएको छ । उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय सल्लीवजारको समन्वयमा सरसफाइ गरिएको हो । व्यानर सहितको टोलीले बजारलाई सफा र सुन्दर बनाउन सबैमा अपिल समेत गरेको छ । यस्तै वजार क्षेत्रमा जथाभावी फोहोर नफाल्न आग्रह गरिएको छ ।
माथिल्लो वजारबाट सुरु गरिएको सरसफाइ कार्यक्रम प्रहरी चेकपोस्ट गएर समापन गरिएको थियोे । उद्योग वाणिज्य संघका प्रतिनिधि जय राज शर्मा, भिम वली, ईलाका प्रहरी कार्यालय सल्लिवजारका इन्चार्ज शसिराम वली सहितको टोलीले सरसफाइ गरेको हो ।