हरप्लेसको बार्षिक सामाजिक परिक्षण र प्रारम्भिक प्रतिवेदन छलफल सम्पन्न

सल्यान २२, असोज ।
मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) को बार्षिक सामाजिक परिक्षण, प्रारम्भिक प्रतिवेदन छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार सल्यानको सदरमुकाम खलंगामा सो कार्यक्रम सम्पन्न भएको हो । हरप्लेसका अध्यक्ष सुिनता बिएमको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेत, शारदा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशवसिंह श्रेष्ठ लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको बारेमा जिल्ला कार्यक्रम अधिकृत रामचन्द्र रेग्मीले प्रकाश पार्नुभएको थियो । यस्तै हरप्लेसको प्राराम्भिक बार्षिक प्रतिवेदन पत्रकार प्रतिक इच्छुक शर्माले प्रस्तुत गर्नुुभएको थियो भने कार्यक्रमको सञ्चालन अधिकारकर्मी मिना बुढाथोकीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस