सल्यानको बन्गाडमा मौलिक हकका बारेमा छलफल

दुर्गा बिसी,
सल्यान २३, असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधिसँग सरोकारवाला निकायका विचमा शिक्षा, स्वास्थ, खाद्य र आवासका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरका स्वास्थ्य, शिक्षा, खाद्य र आसावका सवालमा हाल विद्यमान अवस्थाको विषयमा सरोकारवाला निकायले जनप्रतिनिधिसँग सवाल जवाफ गरेका हुन् । नगरमा नगर अस्पताल, दक्ष जनशक्ति, कोभिड नियन्त्रणको प्रयास, विद्यालयहरुको पठनपाठन, भौतिक पुर्वाधार, किसानका लागि मल विउजन, कृषि प्राविधिक जनशक्ति अभाव, आवास, गुणस्तरिय खाद्य वस्तु, वजार अनुगमन, वजारमा मूल्य सुचि, सडक विस्तार नहुदा वजारमा परेको असर लगाएतका विषयमा घनिभुत छलफल भएको थियोे ।


सरोकारवाला निकायहरुले औंल्याएका मुख्य कुराहरूमा नगरप्रमुख गोविन्द कुमार पुन, उपप्रमुख मञ्जु यरी, प्रमुख प्रशाकिय अधिकृत मनोज रेग्मीले जवाफ दिनुभएको थियो । कार्यक्रममा शिक्षक, अभिभावक, व्यापारी, मानवअधिकार सञ्जाल समुहका सदस्यहरु, विद्यार्थी, व्यापारी, उपभोक्ता, जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियोे । इन्सेक कर्णाली प्रदेश संयोजक दुर्गा थापाको अध्यक्षतामा भएको कार्यक्रममा इपिएल परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो भने सञ्चालन पत्रकार दुर्गा विसीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस