निगालचुलामा एकीकृत समाजवादीको वडा भेला : एमालेका नेताहरुद्धारा पार्टी प्रवेश

दुर्गा विसी,
सल्यान २३, असोज, 
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगाल्चुलामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को वडा भेला सम्पन्न भएको छ । भेलालाई पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष उदय वोहरा, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सचिव रमेश कुमार गौतम, प्रदेश कमिटी सदस्य गणेश विसी लगाएतका नेताहरुले सम्बोधन गनुभएको थियो ।

जिल्ला कै विकट मानिने यस ठाउँमा समाजवादी भने जम्बो भेला गरेको छ । भेलालाई संबोदन गर्ने नेताहरुले कुनै कसैको लोभ र भुलभुलैयाबाट टाढा रहेर एकीकृत समाजवादीमा लाग्न आग्रह गरेका छन् । निगाल्चुला जस्तो यो भुवनौटमा समाजवादीको वडा भेलाले शुभ संकेत तथा राम्रो छनक देखाएको आँकलन गरिएको छ । निगाल्चुला पनि नेकपा एमाले भन्दा नेकपा (एस) पार्टी वलियो रहेको छ ।


भेलाले तुलसी प्रसाद वलीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ भने डिलवहादुर विकको अध्यक्षता पनि ३५ सदस्यीय युवा संघ गठन गरिएको छ । कार्यक्रममा नेकपा एमालेका संगठित सदस्य प्रमोद पुन, लालबहादुर खत्री, महेन्द्र खत्री, सुशील वली र नेपाली कांग्रेसबाट शेरवहादुर खड्का, शेरवहादुर वलीले समाजवादीमा प्रवेश गरेका छन् ।

कहिले नेकपा एमाले त कहिले समाजवादीमा भनेर विवादास्पद वनेका जोखे कामी पनि समाजवादीको वडा कमिटी सदस्य वनेका बन्नुभएको छ । कार्यक्रममा नगर संयोजक रविराज शर्मा, जिल्ला कमिटी सदस्य, वडा अध्यक्ष तथा नगर कमिटी सचिव गोविन्द डाँगी, युवा संघका नगर सचिव प्रसान्त साहु, युवा संघका जिल्ला कमिटी सदस्य ईन्द्र पुन, पुर्ण वहादुर घर्ती, पार्टी नगर कमिटी सदस्य दिप वस्नेत लगाएतले धारणा राख्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित