नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको इन्चार्जमा उदय बोहरा

सल्यान ३१, असोज ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सल्यान जिल्ला इन्चार्जको जिम्मेवारी उदय बोहराले पाउनुभएको छ । बोहराले पार्टीको केन्द्रिय कमिटी सदस्य सहित जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको हो । उहाँ यसअघि नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य र सल्यान जिल्ला अध्यक्ष रहनुभएको थियो । बोहरा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुनुहुन्छ ।

यस्तै पार्टीको जिल्ला सहइन्चार्जमा केन्द्रिय सदस्य धिरेन्द्र श्रेष्ठ, केन्द्रिय सदस्य भद्रसिंह बुढा र वैकल्पिक केन्द्रिय सदस्य शारदा परियारले जिम्मेवारी पाउनुभएको छ । उहाँहरु तीनै जना यसअघि पार्टीको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । यस्तै सल्यान घर भइ काठमाण्डौलाई कर्मथलो बनाउनु भएका लक्ष्मण केसी पार्टीको केन्द्रिय सदस्य सहित शिक्षा विभाग उपप्रमुख तथा सम्र्पक समन्वय विभाग सहसंयोजक बन्नुभएको छ ।

यस्तै कम्युनिष्ट पार्टीका पुराना नेता तथा प्रदेश कमिटी सदस्य हरि केसीले राष्ट्रिय परिषद सदस्यको जिम्मेवारी पाउनुभएको छ भने दामोदर शर्मा, टोप बहादुर चन्द र प्रेमा अधिकारी केन्द्रिय सल्लाहकार समिती सदस्य बन्नुभएको छ । यस्तै राज बहादुर बुढाथोकी केन्द्रिय लेखा आयोग सदस्य, इन्द्र शर्मा केन्द्रिय निर्वाचन आयोग सदस्य तथा जयलाल खत्री र धनिराम जैसी केन्द्रिय जेष्ठ कम्युनिष्ट मञ्च सदस्य बन्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीको उपमहासचिवको जिम्मेवारी प्रकाश ज्वालाले पाएसँगै सल्यान जिल्लाले केन्द्रिय राजनितिमा पनि फड्को मार्न थालेको छ । यस्तै पार्टी भित्र रहेका नेताहरुलाई उचित जिम्मेवारी प्रदान गर्न थालिएको जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित