एकीकृत समाजवादीकि नेतृ चन्द आफ्नो पार्टीमा लागेको भनेर एमालेले हल्ला फिजाँए पछि कडा बिज्ञप्ती

सल्यान १, कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कि नेतृ, पार्टीको जिल्ला कमिटी सदस्य हिरा चन्दले एक बिज्ञप्ती जारी गर्नुभएको छ । शनिवार नेतृ चन्द आफ्नो पार्टीमा लागेको भनेर नेकपा एमालेले हल्ला फिजाँए पछि आइतवार कडा बिज्ञप्ती निकाल्नुभएको हो ।

शनिवारको दिन दमाचौरमा भएको एमालेको कार्यक्रममा सहभागी भै नेकपा एकीकृत समाजवादी पार्टी छोडेको भन्दै सामाजिक सञ्जाल र विभिन्न सन्चारमाध्याममा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा भनिएको छ ।


‘म हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी सदस्य हु र अहिले पनि छु । दमाचौरमा भएको कार्यक्रममा सहभागी नभएको र अर्काे पार्टीप्रति आस्था राख्ने व्यक्तिलाई गलत ढंगले एकीकृत समाजवादी छोडी, एमालेमा फर्किएको भनी प्रचार गरिनु हाँस्यास्पद कुरा हो । यस्तो गलत प्रचार नगर्न आग्रह गर्दछु’ बिज्ञप्तीमा भनिएको छ ।


नेकपा एमालेका अध्यक्ष केपि वलीले प्रतिगामी कदम चाल्नुका साथै स्इच्छाचारी र निरंकुस ढंगले अगाडि वढेपछि वाध्यात्मक अवस्थामा एमालेवाट विद्रोह गरि एकीकृत समाजवादीको रूपमा अगाडि वढेको उहाँको भनाई छ । साथै नेकपा एमालेको भ्रममा नपरि नेकपा एकीकृत समाजवादी पार्टीमा गोलवद्ध हुन सबैमा अनुरोध पनि गर्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित