सल्यानको बन्गाडमा क्रिकेट प्रतियोगिता शुरु

दुर्गा विसी,
सल्यान १, कार्तिक ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा क्रिकेट प्रतियोगिता शुरु भएको छ । राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित स्थानीय युवाहरुको आयोजनामा क्रिकेट प्रतियोगिता प्रभाकर माद्यामिक बिद्यालय देवस्थलको परिसरमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले खेलप्रती स्थानीय तहहरु वेखर वनेको गुनासो गर्नुभएको छ ।

कुनै पनि निकायको सहयोग बिना नै क्रिकेट प्रतियोगिता आयोजना गरिएको भन्दै उहाँले स्थानिय युवाहरुको प्रसंशा गर्नुभएको छ । क्रिकेट खेलमा यहाँका युवाहरुको रुचि वढेको आयोजक टिमका प्रतिनिधि सन्तोष केसीले बताउनुभयो । ६ वटा टिम दर्ता भएको प्रतियोगितामा स्थानीय युवाहरुले पुरस्कारको समेत व्यवस्थापन मिलाएका छन् । आजको खेल भने वर्षाका कारण रोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस