बर्षाले पाकेको धान बालीमा क्षती : उत्पादन घट्ने आँकलन

सल्यान २, कार्तिक ।
पाकेको धान थन्क्याउने बेला वर्षा भएपछि सल्यानका किसानहरु चिन्तित भएका छन् । जिल्लाभर नै आइतवार रातिदेखि वर्षा भइरहेको छ । बर्षाले धान भिञ्याउनका लागि काटेर तयार पारेको धानमा क्षती पु¥याएको शारदा नगरपालिका वडा नम्बर ९ का स्थानिय मोहन बुढाथोकीले बताउनुभयो ।

वर्षाले पाकेका धानको बोट समेत ढलेको उहाँले बताउनुभयो । घरमा भित्र्याउने समयमा पानीले क्षति पु¥याए पछि किसान चिन्तित भएका छन् । ‘खेतैभरि पानी भरिएको छ, काटेर झाट्नको लागि तयार भएको धान पानीमा तैरिएको छ, धानको बोट लडेर सोत्तर भएको छ’ उहाँले भन्नुभयो ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो ?’

जिल्लाको गरिज्युला, कालिमाटी फाँट, बन्गाड, मर्म लगाएतका जिल्लाका अधिकांश ठाउँमा लगाएको धान बालीमा क्षति पुगेको किसानहरुले बताएका छन् । भित्र्याउनको लागि काटेर सुकाएको धानमा बढी क्षति भएको शारदा नगरपालिका ६ बरलाका कुलराज केसी बताउनुभयो । समयमा नै बीउ र मल नपाएर समस्यामा परेका किसानहरुलाई धान भित्र्याउने बेलामा बर्षात भएकाले थप समस्या भएको उहाँको भनाई छ ।

जिल्लाका किसानहरुले बढी मात्रामा रामधान, सुख्खा ३, सुख्खा १, कञ्चन लगाएतका जातको धान खेती गर्दै आएका छन् । जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । गत बर्ष जिल्लामा २९ हजार ७ सय १९ मेट्रिक टन धान उत्पादन भएको थियो भने १६ मेट्रिक टन घैया धान उत्पादन भएको थियो ।

कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले धान भित्र्याउने समयमा परेको बर्षाका कारण जिल्लामा यस बर्ष धान उत्पादन घट्ने बताउनुभएको छ । मौषमबिद्ले केही दिन पानी परिरहने बताएकाले किसानले काटेको धान कुहिने र धान उत्पादन घट्ने उहाँले बताउनुभयो । तर बर्षातले भित्र्याउनै लागेको धान बालीमा पु¥याएको क्षतीको आधारमा राहत दिने बारेमा भने केही जानकारी छैन् ।

यदी धान नकाटेका किसानले भने मौषम पुर्ण रुपमा खुल्न दिन उहाँले आग्रह गर्नुभएको छ । साथै काटिसकेको धान कुहिने सम्भावना भएकाले सकेसम्म त्रिपाल लगाएका बस्तुले छोप्न र यदी त्यसो सम्भव नभए पानी तर्किने गरेर राख्न उहाँले सुझाव दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस