लगातारको बर्षाले सल्यानका तीन कच्चि घर भत्किए

फाइल फोटो

सल्यान २, कार्तिक ।
लगातारको बर्षाले सल्यानका तीन वटा कच्चि घर भत्किएका छन् । आइतवार देखीको लगातारको बर्षाले जिल्लाको शारदा नगरपालिकाका दुई वटा र बन्गाड कुपिण्डे नगरपालिकामा एक वटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जसमा शारदा नगरपालिका वडा नम्बर ६ कौछे स्थित गिता बुढाथोकीको एक तले कच्ची घर भत्किएको छ।

यस्तै शारदा नगरपालिका वडा नम्बर १५ का समत रावतको २ तले कच्ची घर भत्किएको प्रहरीले बताएको छ । यस्तै बन्गाड कुपिण्डे नगरपालिका ११ आँपचौरका तेज बहादुर राणाको टिनले छाएको २ तले घर भत्किएको प्रहरीले जनाएको छ । घर भत्किदा मानब तथा पशु चौपायाको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस