सल्यानमा बसुलो प्रहार गरि श्रीमतीको हत्या

सल्यान ३, कार्तिक ।
सल्यानमा धारिलो हतियार बसुलो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ तिमिलेका ४७ बर्षिय कबिराम खड्काले आफ्नै ४२ बर्षिया श्रीमती कली खड्काको धारिलो हतियार बसुलो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ ।

उनले धारिलो हतियार बसुलालेले श्रीमतीको टाउको र घाँटीमा प्रहार गरि हत्या गरेको कार्यालयका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभएको छ । श्रीमानले दैनिकजसो मदिरा सेवन गर्ने गरेको पाइएको छ, जसका कारण घरायसी बिबाद हुदैँ आएको रहिछ, तर घटना हुनुको दिनमा मदिरा सेवन नगरेको देखिन्छ, प्रहरी स्रोतले भन्यो श्रीमतीको हत्या गरेर श्रीमानले पनि आत्महत्याको योजना बनाएको देखिन्छ, उनको साथमा बिष (मेटासिट) भेटिएको छ ।

प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रण लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस