सल्यान टुडे डटकमको दोस्रो बार्षिकोत्सव (फोटो सहित)

सल्यान ५, कार्तिक ।
सल्यानबाट सञ्चालित सल्यान टुडे डटकम तेस्रो बर्षमा प्रवेश गरेको छ । २०७६ साल कार्तिक ४ देखी आफ्नो औपचारिक रुपमा गतिविधि प्रारम्भ गरेको सल्यान टुडेले दोस्रो बर्ष पुरा गरेर तेस्रो बर्षमा प्रवेश गरेको हो । संबिधानमा उल्लेख भएका अधिकारलाई जनतासम्म पु¥याई उनीहरुलाई आफ्ना अधिकारका वारेमा जानकारी गराई अधिकार सम्पन्न गराउने र आवाज विहिन नागरिकहरुका आवाज बोल्ने उद्धेश्यका पानस मिडिया हाउस प्रालिले सल्यान टुडे डटकम सञ्चालन गरेको हो ।


सल्यान टुडेले स्थानिय पर्यटन प्रर्वद्धनलाई प्राथामिकतामा राख्दै आर्थिक उपार्जनबाट नै समृद्धि हासिल गर्न सकिन्छ भनेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, कला, साहित्य लगाएत बिभिन्न क्षेत्रलाई समेटेर समाचार तथा लेखरचना र फोटोहरु प्रकाशन गर्दै आएको छ । साथै दोस्रो बार्षिकोत्सवको अबशरमा यहाँसम्म आउन सहयोग गर्ने सरोकारवाला सबैप्रति हार्दिक आभार प्रकट गरिएको सल्यान टुडे डटकमले जनाएको छ ।

बार्षिकोत्सवको अशवरमा लिइएका तस्वीरहरु :

 

 

 

प्रतिक्रिया दिनुहोस