घट्टको पाइप काटेको भन्दै सल्यानमा हातखुट्टा बाँधेर कुटपिट : दुइ जना पक्राउ

फाइल फोटो

सल्यान ५, कार्तिक ।
सल्यानमा घट्टको पाइप काटेको बिषयमा हातखुट्टा बाँधेर कुटपिट गर्ने दुइ जना पक्राउ परेका छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ५ बाँधनेमा सञ्चालित घट्टको पाइप काटिदिएको निहुँमा कुटपिट हुदाँ स्थानिय जीवनबहादुर खड्का घाइते भएका हुन् । घाइते भएका उनको अहिले नेपालगन्जमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पाइप काटेको आरोपमा कुटपिट गर्ने स्थानिय निमबहादुर खड्का र जितबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त रुपमा तीन जना युवाहरुले सञ्चालन गरेको घट्ट तीन जना मध्यकै अर्का एक युवाले पाईप काटिदिएपछि विवाद हुँदा कुटपिट भएको प्रहरीको भनाई छ । पाइन काट्ने उनलाई दुइ जनाले डोरीले हातखुट्टा बाँधेर कुटपिट गरेको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस