फाइल फोटो
सल्यान ७, कार्तिक ।
सल्यानमा जीप दुर्घटना भएको छ । जिल्लाको थारमारेबाट दाङको तुलसीपुर तर्फ जाँदै गरेको भे १ त १८९० नम्बरको जीप दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका ३ बनस्पती खोलामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर जीपमा सवार सबै घाइते भएको जनाइएको छ । घाइतेहरुको उद्धार गरेर उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।