सल्यानमा डबल क्याप जिप दुर्घटना : ६ जना घाइते, एकको अवस्था गम्भीर

सल्यान ७, कार्तिक ।
सल्यानमा डवल क्याप जिप दुर्घटना हुदा ६ जना घाइते भएका छन । आज बिहान साँढे ७ बजेको समयमा जिल्लाको कपुरकोट गाउपालिका ३ मुलपानि स्थित दाङ सल्यान सडक खण्ड अन्तर्गतको राप्ति राजमार्गमा थारमारे बाट दाङ तर्फ जादै गरेको भे.१.च.१८९० नंम्बरको डबल क्याप जिप दुर्घटना भएको हो । जिप सडक बाट अन्दाजि १०० मिटर तल खसेको छ । घाइतेहरुको उद्वार गरेर उपचारको लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाईतेहरुको विवरणः
१ ) जिल्ला सल्यान बागचौर न.पा.१ बस्ने बर्ष अं.१४ को आयुस बस्नेत (शरिरमा चोट अबस्था बोल्न सक्ने मध्यम)
२ ) ऐ.ऐ.बस्ने बर्ष अं.२२ को मनोज बस्नेत खुट्टामा चोट (अबस्था मध्यम )
३ ) ऐ.ऐ.२ बस्ने बर्ष अं.२७ कि सिता ओली (हात र खुट्टामा चोट अबस्था मध्यम )
४ ) ऐ.ऐ.बस्ने बर्ष २८ कि बबिता रावल (मुखमा चोट अबस्था मध्यम )
५ ) निजको छोरी बर्ष ११ कि एसिका रेउले (सामान्य )

६) नामथर वतन नखुलेको बर्ष अं.३५ को पुरुष (बेहोस अबस्था सिरियस )

 

 

प्रतिक्रिया दिनुहोस