नागरिक समाजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सल्यान ८, कार्तिक ।
जिल्लाका वर्तमान सवाल र नागरिक समाजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सल्यानको खलंगामा सम्पन्न भएको छ । पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत हरप्लेस नेपाल सल्यानको आयोजनामा आइतवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला अस्पताल सल्यानमा देखिएको समस्या, बिद्युक्त अनियमित, सरकारी कार्यालयमा हुने ढिलासुस्ती, राप्ती राजमार्गसँगै ग्रामिण सडकमा यात्रुबर्गले पाएको सास्ती लगाएतका बिषयमा छलफल गरिएको थियो ।

नेपाल पत्रकार महासंघ सल्यानका पुर्वअध्यक्ष प्रतीक इच्छुक शर्माको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन हरप्लेसका जिल्ला कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले गर्नुभएको थियो भने मिना बुढाथोकीले नागरिक समाजको भूमिकाका बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस