कार्तिक १४ गते भित्र तलवभत्ता उपलब्ध गराउन बन्गाडका शिक्षकहरुको माग

सल्यान ८, कार्तिक ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा कार्यरत शिक्षकहरुले शिक्षण सिकाइ सहयोग अनुदानको रकम तत्काल निकासा गर्न माग गरेका छन् । नगरभित्रका सबै शिक्षकहरुले तलवभत्ता पाइसकेपनि आफुहरुले साउन यताको तलव नपाएको भन्दै शिक्षण सिकाइ सहयोग अनुदान शिक्षकहरुले नगरपालिकालाई कार्तिक १४ गतेसम्म तलवभत्ता उपलव्ध गराउन अल्टिमेटम दिएको छ ।

नगरपालिकाको लापरवाहीको कारण अहिले सम्म तलवभत्ता नपाएको र यदी तोकिएको समयमा तलवभत्ता उपलब्ध नभए कार्तिक २४ गते धर्ना दिने कार्यक्रम तय भएको छ । यस्तै २६ गतेदेखि बिद्यालयमा अनुपस्थित हुने र बिद्यालयको पठनपाठनमा सहभागी नहुने निर्णय गरिएको छ ।

यसैविच शिक्षण सिकाइ सहयोग अनुदानको रकम कार्यन्वयनमा सम्बन्धित निकायको लापरवाही र बनगाड कुपिण्डे नगरपालिकामा भएको शैक्षिक समस्या बिषयक अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष तथा शिक्षक महासंघ बन्गाड कुपिण्डे नगरपालिकाका अध्यक्ष अकबर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमम नेपाल राष्ट्रिय शिक्षक संगठनका नारद घर्ती मगर, अखिल नेपाल शिक्षक संगठनका नगरअध्यक्ष अध्यक्ष गणेश चन्द, नेपाल शिक्षक संगठनका अध्यक्ष सुरेन्द्र खडका लगाएतको उपस्थिती रहेको थियो ।

सो अबशरमा बोल्ने बक्ताहरुले नगरको लापरवाहीले अहिलेसम्म शिक्षकले तलवभत्ता नपाएको र तत्काल उपलब्ध गराउन माग गरेका छन् । हस्त बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य मातृका डिसीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नविन बुढाथोकीले गर्नुभएको थियो । यस नगरमा शिक्षण सिकाइ सहयोग अनुदानका शिक्षकहरु झण्डै दुइ दर्जन रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित