‘स्थानिय तहको नीति निर्माण र कार्यान्वयन प्रक्रियामा जनसहभागिता आबश्यक’

 

सल्यान ९, कार्तिक ।
स्थानिय तहको नीति निर्माण र कार्यान्वयन प्रक्रियामा जनसहभागिता आबश्यक रहेको सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस सल्यानद्धारा सञ्चातिल पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत नागरिक समाज र स्थानिय तहका जनप्रतिनिधिहरु बिच नीति निर्माण र कार्यान्वयन प्रक्रिया बिषयक अन्तरसंवाद कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

उनीहरुले स्थानिय तहको नीति निर्माण देखी कार्यान्वयन गर्ने सम्बन्धमा जनप्रतिधि र नागरिक समाजका बिचमा निकटतम् सहभागिता आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले स्थानिय सरकारले गरेका कामहरुलाई सक्रिय, पारदर्शी र स्तरीय बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

यसका लागि नागरिक समाज सहित सरोकारवालाको महत्वपूर्ण भूमिका हुने भनाई उहाँको छ । संविधानको कार्यान्वयन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास लगायतका कामकाजका लागि सबैको सहकार्य र भूमिका हुनुपर्ने उहाँले बताउनुभयो । जेष्ठ नागरिक दामोदर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मिना बुढाथोकीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रामचन्द्र रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस