सल्यान १०, कार्तिक ।
सल्यानका अधिकांश ठाउँहरुमा असार महिनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । तिहार नजिकिँदै गर्दा अहिले सल्यानका किसानहरु धान बाली काट्ने र झाट्ने चटारोमा छन् ।
केही दिन अगाडि परेको बेमौसमी बर्षाले गर्दा सल्यानमा झण्डै २८ प्रतिशत धानमा क्षती पुर्याएको अनुमान गरिएको छ । सल्यान जिल्लाभर यो बर्ष ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । धान भित्र्याउने समयमा अत्याधिक बर्षा भएका कारण पनि जिल्लामा यस बर्ष धान उत्पादन घट्ने आकलन गरिएको छ ।
तर केही दिन एता मौसम सफा भएपछि सल्यानका किसानहरु अहिले आफ्नो बाली भित्र्याउने खेतहरुमा ब्यस्त हुन थालेका हुन् ।
हेर्नुहोस् क्यामरामा कैँद गरिएका १७ तस्बिरहरू :