सल्यान १०, कार्तिक ।
प्रेस सेन्टर नेपाल जिल्ला समिति सल्यानको अध्यक्षमा प्रकाश शर्मा निर्वाचित हुनुभएको छ । बुधबार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न पाँचौ जिल्ला सम्मेलनले दार्मा गाउँपालिकाका शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा महेश कुमार वली, समावेशी उपाध्यक्षमा सरिता चलाउने, सचिवमा इन्द्र बहादुर बुढाथोकी, सहसचिवमा हिमाल शर्मा, समावेशी सहसचिवमा बिमला परियार र कोषाध्यक्षमा तेज बहादुर थापा रहनुभएको छ ।
यस्तै सदस्यहरुमा जिवन एरी, लोकराज बिक, शेरजंग कवर, अमृत बुढाथोकी, गिर्दल बुढाथोकी, सावित्रा बस्नेत, खिमा बोहरा, खडक बहादुर पुन, तिर्सना बिक, गोपाल शर्मा, सञ्जीव शर्मा, महेश वली र कविराज खड्का रहनुभएको छ । एक सदस्य पछि थप गर्ने गरी २१ सदस्यीय कमिटी गठन गरिएको जनाइएको छ ।
यसैविच
नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समिति सदस्य तथा संविधानसभा सदस्य उमाकान्त शर्माले पत्रकारले समाजको यथार्थतालाई चित्रण गर्दै उपेक्षामा परेका नागरिकको आवाज बोल्नुपर्ने बताउनुभएको छ । उहाँले अहिलेको परिस्थितीमा पनि समाजकै एउटा बर्ग अर्को बर्गबाट उपेक्षामा परेको र समाजमा हुने हरेक कार्यमा समानुपातिक समावेशी नहुने हुदाँ सबैलाई समान स्थान प्रदान गर्नको लागी पत्रकारले भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
प्रेस सेन्टर नेपाल जिल्ला समिति सल्यानको ५ औं जिल्ला सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उहाँले पत्रकारले जनताको नेतृत्व गरेर जनता कै पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो । यस्तै पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव निम बहादुर केसीले आवाजबिहिन नागरिकका आवाज बोल्नको लागी पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । यसका लागि पालिकास्तरमा नै प्रेस सेन्टरको कमिटी बिस्तार गरिएको र यसले जनताका वास्तविक पिडा बुझ्ने काम हुने उहाँको भनाइ छ । उहाँले जनताको लागि मिसन पत्रकारिता मार्फत सचेतिकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ज्ञान बहादुर वली, प्रेस सेन्टर नेपालका प्रदेश संयोजक प्रतिक इच्छुक शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डिल्ली राज रावत, समाजवादी प्रेस संगठनका बुद्धि पुन, जनपत्रकार संगठन प्रदेश सचिव खकेन्द्र केसी लगाएतकाले बोल्नुभएको थियो । संगठनका जिल्ला अध्यक्ष टिकाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महेश कुमार ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन प्रकाश शर्माले गर्नुभएको थियो ।