नेकपा एकीकृत समाजवादीले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

पार्टीको जिल्ला कार्यालय स्थापना गरिने

सल्यान १२, कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सल्यानले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । २०७८ सालको विजयादशमी, शुभदिपावली, छठ लगाएतका पर्वहरूको अवसरमा आज शुक्रवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।

दिउसोँ १२ बजे देखी जिल्ला समन्वय समितीको हलमा आयोजना हुने कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहने छ । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता यस्तै बिभिन्न राजनितिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, पत्रकार लगाएत सरोकारवालाहरुलाई आमन्त्रण गरिएको पार्टी सचिव रमेश गौतमले जानकारी दिनुभयो ।

यसैविच आज शुक्रवार नै पार्टीको जिल्ला कार्यालय स्थापना गरिने भएको छ । पार्टीका उपमहासचिव ज्वालाले पार्टीको कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादी सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस