तिहार नजिकिदैँ गर्दा सल्यानमा चहलपहल बढ्दै

'तिहारका लागि रोपिएका फूलहरु फूले, बजारमा किनमेल गर्नेहरुको भिड'


सल्यान १४, कार्तिक ।
नेपालीहरूको महानपर्व शुभदिपावली (तिहार) नजिकिँदै गर्दा सल्यानका ग्रामिण क्षेत्र सँगै बजारहरुमा पनि चहलपहल बढ्न थालेको छ । तिहारको पहिलो दिन काग तिहार आउन तीन दिन मात्रै बाँकी रहँदा जिल्लाका गाउँघरमा घर लिपपोत गर्ने, दुना टपरी बनाउने कामको चाप बढेको छ । घरआँगनमा फुलेका रंगिचंगी फूलहरुले तिहार आएको आभास गराएका छन् ।

जिल्लाका बजारहरुमा समेत तिहारको सामान किनमेल गर्ने भीड बढेको छ । दैनिक उपभोग्य सामग्रीहरू चामल, तेल, मैदा, चिनी, टीकाको सामग्री लगायतका उपभोग्य वस्तुहरूको खरिद बिक्री बढेको छ । यस्तै तिहारमा उपहार दिनका लागि उपहारका सामाग्री किनमेल हुने फेन्सी पसलहरूमा समेत ग्राहकको भीड बढेको छ ।

तिहारमा अन्य समय प्रायः सुनसान देखिने फेन्सी, कस्मेटिक, खाद्य स्टोर्सहरूसमेत अहिले ग्राहकले भरिभराउ र निकै नै चहलपहल बढेको सम्बन्धित व्यवसायीहरूले बताएका छन् । अन्य समयको तुलनामा तिहारमा बढी उपभोग्य सामग्री चामल, चिनी, तेल, मैदा लगायतका सामग्रीहरूको बढी माग हुने गरेको एक व्यापारीले बताए । अन्य समयको तुलनामा यहाँका व्यवसायीको कारोबारसमेत दोब्बर तेब्बर हुने गर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस