सल्यान १५, कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन सल्यानको प्रथम जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमवार जिल्लाको सदरमुकाम खलंगामा सो कार्यक्रम सम्पन्न भएको हो । भेलाले रोबर सुनारको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्य समिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा अमर बिक र गौरी बिक, सचिवमा प्रकाश नेपाली, उपसचिबमा हेमराज बिक र नर बहादुर सुनार तथा कोषाध्यक्षमा शान्ता नेपाली रहनुभएको छ । भेलाले तिहार लगत्तै जिल्लाका दश वटै स्थानिय तहमा संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।
संगठनका अध्यक्ष रोबर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज शारदा परियारले पार्टीलाई बलियो बनाउनको लागि एकताबद्ध भएर अगाडी बढ्न सबैमा निर्देशन दिनुभएको छ ।
भेलामा पार्टीका प्रदेश कमिटी सदस्य तथा संगठनका केन्द्रिय सचिव भिउसेन नेपाली, पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव रमेश गौतम, पार्टीका जिल्ला कमिटी सदस्य तथा संगठनका कर्णाली प्रदेश अध्यक्ष निम बहादुर नेपाली, पार्टीका जिल्ला कमिटी सदस्य तथा संगठनका केन्द्रिय सदस्य राजेश बिक, पार्टीका जिल्ला कमिटी सदस्य तथा संगठनका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज लोक बहादुर बिक, पार्टीका जिल्ला कमिटी सदस्य तथा संगठनका केन्द्रिय सदस्य पुर्णिमा बिक, पार्टीका जिल्ला कमिटी सदस्य तथा संगठनका प्रदेश कमिटी सदस्य डम्बरसिंह तिरुवा लगाएतकाले बोल्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सचिव प्रकाश नेपालीले गर्नुभएको थियो ।