नेकपा एकीकृत समाजवादी सल्यानको जिल्ला कमिटी बैठक मंसिर १ गते बस्दै

सल्यान २४, कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको जिल्ला कमिटी बैठक बोलाइएको छ । जिल्लामा पार्टीले हाल सम्म गरेका गतिविधिहरुको समिक्षा, पार्टी र भातृसंगठनलाई जिल्ला तह देखी गाउँ टोल तह सम्म व्यवस्थित गर्ने र नेताहरुको जिम्मेवारी बाँडफाँड गर्ने एजेण्डा सहित बैठक डाकिएको हो । यही मंसिर १ गते बुधबार बिहान ११ वजे जिल्ला समन्वय समितीको हल खलंगामा बैठक बोलाइएको पार्टी सचिव रमेश गौतमले जानकारी दिनुभयो । उहाँले सोही अवशरमा पार्टीका जिल्ला कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम पनि राखिएको जानकारी दिनुभयो ।

पार्टीको पहिलो पुर्णं बैठक तथा सपथ ग्रहण कार्यक्रममा पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहने छ । यस्तै पार्टीका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय सल्लाहकार तथा केन्द्रीय जेष्ठ कम्युनिष्ट मन्चका सदस्य, केन्द्रीय परिषदका सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्यहरुको उपस्थिती रहने छ । सल्यानमा नेकपा एकिकृत समाजवादी पार्टीको १ सय ३५ सदस्यीय जिल्ला कमिटी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस