सल्यान २६, कार्तिक ।
सल्यान टुडे डटकमका फोटोग्राफर बामदेव केसी राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा सल्यानको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रवार जिल्लाको सदरमुकाम खलंगामा आयोजित राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा सल्यानको दोस्रो जिल्ला अधिबेशनले केसीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।
जसको उपाध्यक्षमा अमृत बुढाथोकी र दिपेश ढकाल, सचिवमा जिवन एरी, सहसचिवमा प्रसिद्ध डाँगी र कोषाध्यक्षमा रिजन भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा सुर्दशन राई, नोखिराम डाँगी, मनोज रेग्मी, भरत मगर र शिवराव केसी रहनुभएको छ ।
यस्तै सल्लाहकारमा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल, महासंघका सल्लाहकारद्धय प्रतिक इच्छुक शर्मा र मिना बुढाथोकी, डिल्लीराज रावत, सुकदेव कसेरा र धुर्वराज वली रहनुभएको छ । यस्तै प्रदेश प्रतिनिधिमा गणेश चन्द र खकेन्द्र केसी रहनुभएको छ ।
अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय समाचार सँगै त्यससँग सम्बन्धित फोटोको महत्व बढ्दै गएको बताएका छन् । साथै फोटो कसरी खिच्ने, गुणस्तरीय फोटो कसरी बनाउने लगाएतका बिभिन्न बिषयमा ज्ञान प्राप्त हुन आबश्यक रहेको बताएका छन् ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल, राष्ट्रिय फोटो पत्रकार समुहका सल्लाहकार प्रतिक इच्छुक शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका सल्लाहकार मिना बुढाथोकी लगाएतले बोल्नुभएको थियो । गणेश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा खकेन्द्र केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन अमृत बुढाथोकीले गर्नुभएको थियो ।