सल्यान २७, कार्तिक ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ सल्यानको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिवार जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा सम्पन्न अधिबेशनले ओम बहादुर जिसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा तुलसीराम बुढाथोकी, सचिवमा मुकेश थापा र कोषाध्यक्षमा दिनेश खत्री रहनुभएको छ ।
यस्तै सदस्यहरुमा नरेन्द्र हमाल, बसन्त शर्मा, कृष्ण बुढाथोकी, डिल्ली बहादुर कवर, गेहेन्द्र शाह, प्रदिप रावल र मनोज बुढाथोकी रहनुभएको छ । यस्तै सल्लाहकारमा यज्ञ बहादुर केसी र गंगाराम डिसी रहनुभएको छ ।
संघका जिल्ला अध्यक्ष यज्ञ बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियनका केन्द्रिय अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालक सेवाको पेशा भएकाले राज्यले यसलाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो । बिभिन्न मरामारी, दुर्घटना लगाएतका हरेक खाले बिरामीको छिटो उपचारको लागि स्वास्थ्य संस्थामा पु¥याउने चालकलाई सरकारले खासै ध्यान नदिएको उहाँले गुणासो गर्नुभयो ।
यस्तै संघका केन्द्रिय महासचिव मुक्ति काफ्लेले एम्बुलेन्स चालकको लागि सेवा, संगठन र सुविधा अतिआवश्यक रहेको बताउनुभएको छ । हरेक एम्बुलेन्स चालकलाई राज्यले नै अन्य सवारीचालक सरहको व्यवहार गरिरहेको बताउदैँ उहाँले सरकारी ऐन निमयमा नै एम्बुलेन्स चालकको लागि उचित प्राथामिकता हुनुपर्ने बताउनुभयो । यस्तै समयमा नै सम्मानजनक तलव, संञ्चय कोष, निशुल्क स्वास्थ्य उपचार लगाएतका सेवासुविधा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघका कर्णाली प्रदेश अध्यक्ष डिल बहादुर नेपाली, इलाका प्रहरी कार्यालय सितलपाटीका इन्चार्ज लिलाराम चन्द, संघका रुकुम पश्चिम अध्यक्ष कृष्ण कुमार ददेल लगाएतले बोल्नुभएको थियो । सो अबशरमा संघका उपाध्यक्ष तुलसीराम बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार बुद्धि पुनले गर्नुभएको थियो ।