सल्यान २८, कार्तिक ।
जागृत वचत तथा ऋण सहकारी संस्था लिमिटेड शारदा नगरपालिका ४ सल्यानको कुल पुुजीँ साढेँ सात करोड बढी रहेको छ । यस सहकारीको गत आर्थिक बर्ष २०७७।०७८ मा कुल पुजीँ ७ करोड ७३ लाख ५१ हजार ९० रुपैँया रहेको जनाईएको छ । यस्तै सहकारीको खुद नाफा १३ लाख ५१ हजार १ सय ५५ रुपैँया रहेको पाईएको छ ।
आइतवार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहकारीले हाल सम्म ८ सय ९९ शेयर सदस्य रहेको जनाइएको छ । संस्थाका अध्यक्ष किशोर कुमार हमालले शारदा नगरपालिकालाई कार्यक्षेत्र बनाएर आयआर्जन र उत्पादनका क्षेत्रमा सहकारीले लगानी गरिरहेको बताउनुभएको छ । उहाँले सदस्यता बृद्धिलाई प्राथामिकता दिदैँ सहकारी शिक्षा प्रदान गर्ने लगाएतका काम गरिरहेको जानकारी दिनुभयो ।
संस्थाले माग र आवश्यकताका आधारमा सदस्यहरुलाई ३० लाख रुपैँया सम्म कर्जा प्रवाह गरिरहेको जनाएको छ । यस्तै न्युनतम व्याजदरमा १० लाख सम्म कृषि र उत्पादनका क्षेत्रमा कर्जा प्रवाह, सदस्य पारिवारिक कल्याण कोष, मृत्यु राहत कोष, मातृशिशु पोषण कोसेली कार्यक्रम, बिद्यार्थी सहुलियत कर्जा प्रवाह लगाएका महत्वपुर्ण क्षेत्रमा लगानी गर्दै आएको जनाईएको छ ।
संस्थाका सचिव कल्पना सेजवालले सहजीकरण गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञान प्रकाश शर्मा, कोषाध्यक्ष सुर्य बहादुर भण्डारी, सहसचिव प्रविण कुमार भण्डारी, सदस्य तप्त बहादुर सेजवाल, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।