सल्यान २९, कार्तिक ।
सल्यानको बागचौरमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । बागचौर नगरपालिका वडा नम्बर २ मा रहेको जनप्रीय पोलिक्लिनिक प्रालिले २ दिने विशेषज्ञ स्वास्थ्य शिविर बागचौरमा सम्पन्न गरेको हो । बिगत लामो समय देखि स्वास्थ्य सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा दिदै आएको जनप्रीयले कार्तिक शनिवार र आइतवार गरेर २ सय ५६ जना बिरामीहरुलाई विशेषज्ञ स्वास्थ्य शिविर मार्फत सेवा प्रदान गरेको हो ।
स्व. (दाइ) भिम वलीको सम्झनामा स्वास्थ्य शिविरमा भिडियो एक्सरे र बिरामी जाँच सेवा निशुल्क गरिएको संचालक प्रभाकर वलीले जानकारी दिनुभएको छ । ‘हामीले यो शिविरमा पाईल्स रोगका बिरामीहरु, बाथ रोगका बिरामीहरु, स्त्री सम्बन्धि रोगका बिरामीहरु लगायत सामान्य रुपमा सबै खाले बिरामीहरुको उपचार एवं परामर्श दिएका छौँ’ उहाँले भन्नुभयो ।
२ दिन सम्म चेलेको शिविरमा नाम टिपाएर पालो नआएका बिरामीहरुको कार्तिक २९ र ३० गत्ते सम्म चेक जाँच गरिने उहाँको भनाई छ । शिविरमा डाक्टर सहजात खान र सितेस चौधरीले बिरामीहरुको चेकजाँच गर्नुभएको थियो । शिविरमा स्वास्थ्य सेवा लिन सल्यानका विभिन्न ठाउँ लगायत रोल्पाबाट समेत बिरामीहरु आउनुभएको थियो ।