सल्यान २९, कार्तिक ।
सल्यानमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अबस्थाका बारेमा सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् । सोमबार मानवअधिकार समुह र पत्रकार सहितको टोलीले जिल्ला प्रशासन कार्यालय सल्यान, स्वास्थ्य सेवा कार्यालय सल्यान र शारदा नगरपालिका सल्यानलाई माग पत्र बुझाएका हुन् ।
एम्बुलेन्सको भाडादरमा एकरुपता हुनुपर्ने, राप्ती लोकमार्गको स्तरोन्नतीको काम छिटो सम्पन्न गर्न पहल गरिनुपर्ने, सवारी दुर्घटना न्युनिकरण गर्न बिभिन्न अभियान सञ्चालन गरिनुपर्ने, बजार अनुगमणलाई तिव्रता दिनुपर्ने बिषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईलाई माग पत्र बुझाइएको हो ।
यस्तै ब्लड बैँक सञ्चालनको लागि पहल गरिनुपर्ने, पुरानो एम्बुलेन्स मर्मत तथा नयाँ खरिद र शव बाहन खरिदका लागि पहल गरिनुपर्ने, स्वास्थ्य सेवालाइ छिटो छरितो र स्तरिय बनाइनुपर्ने, दन्त सेवालाई थप प्रभावकारी बनाइनुपर्ने, अस्पतालको स्तरोन्नती र दरबन्दी अनुसारको जनशक्तिका लागि आवश्यक पहल गरिनुपर्ने बिषयमा निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठलाई माग पत्र बुझाइएको हो ।
यस्तै शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिइनुपर्ने, बिद्यालय स्तरका हरेक कार्यमा बिद्यार्थीहरुको सहभागिता अनिवार्य हुनुपर्ने लगाएतका बिषयमा शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबाललाई माग पत्र बुझाइएको छ । इन्सेकद्धारा सञ्चालित इएलपि परियोजना अन्र्तगत मानव अधिकार समुहका अध्यक्ष मुना हमाल सहितको टोलीले माग पत्र बुझाएका हुन् ।