सल्यानको श्रीनगर बजारमा जेब्रा-क्रसिङ

सल्यान ३०, कार्तिक ।
सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारमा जेब्राक्रसिङ निर्माण गरिएको छ । दैनिक सयौँ नागरिकहरुको भिडभाड हुने श्रीनगर बजारमा मंगलवार जेब्राक्रसिङ निर्माण गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यान र (विप्लव) नेतृत्वको नेकपा सल्यानको सहकार्यमा बजारको मुख्य स्थानमा जेब्राक्रसिङ गरिएको हो ।

केही समय पहिले निर्माण गरिएका जेब्राक्रसिङहरु मेटिदै गएको अवस्थामा नयाँ जेब्रा क्रसिङहरुको निर्माण गरीएको हो । दुर्घटना कम गर्न, समाजमा सकारात्मक सन्देश दिन यस्तो काम गरिएको नेकपा सल्यानका सविन पोखरेलले बताउनुभएको छ । मूल्यवृद्धिको विरोधमा नेकपाले मंगलर नेपाल बन्द गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस