सल्यान १, मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले आगामी निर्वाचनमा नेकपा एमाले शून्य हुने बताउनुभएको छ । उहाँले अवको केहि महिना पछि हुने उपनिर्वाचनमा गठबन्धनमा आवद्ध पाँच वटा दल एक भएर जाने सहमति भएकाले एमाले शून्य हुने बताउनुभएको हो ।
बुधवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको जिल्ला कमिटीको सपथ ग्रहण तथा प्रथम बैठकलाई संबोधन गर्दै उहाँले उपनिर्वाचनमा एमालेले एक सिट पनि जित्न नसक्ने दावी गर्नुभयो । दुइ तिहाइको सरकार चलाउन नसक्ने ओलीको असक्षमताका कारण आज एमाले सत्ताबाट बाहिरीएर सडकमा पुगेको बताउनुभयो ।
केपी ओलीको कारण आज यो अवस्था सिर्जना भएको हो, हामीले बिद्रोह गरेर नयाँ पार्टी निर्माण गरेका छौ, पार्टी बिधि, पद्धति र सिद्धान्तका आधारमा चलिरहेको छ, उहाँले भन्नुभयो सम्मानजनक हैसियतमा पार्टी संघीय र प्रदेश सरकारमा सहभागी भएको छ ।
ज्वालाले पार्टी प्रति नागरिकको आकर्षण बढेकाले अबको केहि समयमा बिशाल पार्टीको रुपमा परिणत हुने बताउनुभयो । उहाँले पार्टीको संगठन निर्माण, भेला तथा प्रशिक्षण लगाएतका गतिविधिलाई तिब्रता दिन आग्रह गर्नुभयो ।
अहिले पार्टीप्रति नेता तथा नागरिकहरुको आकर्षण बढ्दै गएकाले तल्लो तह हुदै सबै जनताको माझमा जान उहाँले आग्रह गर्नुभयो । एक वडा ः एक सय संगठित सदस्य र एक पालिका : एक हजार संगठित सदस्य अनिवार्य बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।